लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।

भदौमा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक लगायतका अस्पतालमा डेंगु संक्रमितको चाप बढेको उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार