अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्ष भन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा उनले अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरेका हुन् ।

‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार