पाँचपटक प्रधानमन्त्री हुँदा पनि देउवामा घमण्ड देखिएन : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पाँचपटक प्रधानमन्त्री हुँदा पनि शेरबहादुर देउवामा कुनै घमण्ड नभएको बताएका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्माकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देउवासँगै मञ्चमा रहेको अध्यक्ष नेपालले भने, पाँचपटक प्रधानमन्त्री हुँदा पनि हाम्रो प्रधानमन्त्रीको कुनै अहंकार छैन। तर, कोही मान्छे अहंकारी हुने रहेछन्। मान्छेहरू पैसा, सत्ता पदको अहंकारले मात्तिएको हुन्छन्।’

समाजको विभेद अन्त्य गर्दै देशको अर्थतन्त्र सुधार गर्नु सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार