सर्वोच्चमा राष्ट्रपतिविरुद्धको रिट दर्ता, प्रारम्भिक सुनुवाइ भोलि

काठमाडौं स् नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ।

संसद्का दुवै सदनबाट दोहोर्‍याएरसमेत पारित भएको नागरिकता विधेयकलाई समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अधिवक्ता सुनिल रञ्जन सिंहले बुधबार दिएको रिट निवेदन अदालतले आज दर्ता गरेको हो।

राष्ट्रपति कार्यालय शीतलनिवास महाराजगञ्ज र राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्न भोलिका लागि पेशी तोकिएको छ ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण नगरेर नागरिकबाट चुनिएको संसद्को घोर अपमान गरेको, नागरिकताबाट वञ्चित लाखौं नेपाली नागरिकहरुको संवैधानिक हक र अधिकारमाथि कुठाराघात गरेको रिटमा उल्लेख गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार