विप्लव समूहले चुनाव बहिस्कार गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ ।

पार्टीभित्र निर्वाचनमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए ।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । निर्वाचनमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ ।

सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार