गठबन्धन सरकारको दिमागले काम गर्दैन : ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले दिमागले नभइ शक्तिले शासन गरिरहेको आरोप लगाएका छन् ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टीमा भित्र्याउन आज बिहीवार भएको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको भन्दै सत्ता गठबन्धनको चर्को आलोचना गरे । संविधानको धारा १८१ ले कुनै पनि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लैजानुअघि परामर्श गर्नुपर्नेमा गठबन्धन सरकारले त्यो नगरेको र राष्ट्रपतिलाई विवादमा तानिरहेको आरोप लगाए ।

‘मैले संसद्को एक वर्ष अगाडि नै उभिएर भनेको थिएँ– संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस्’, उनले भने, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुअघि राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहङ्कारी गठबन्धनले संविधानको धारा १८१ एक पल्ट पनि पालना गरेन ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार