राष्ट्रपतिको विरोधमा गठबन्धननिकट विद्यार्थीको प्रदर्शन

काठमाडौं – संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। बिहीबार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शनमा सहभागी छन्।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोट जा’ लगायतका नारा लगाएर विरोध गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले विरोधको कार्यक्रमहरुमा असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गर्ने बताएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार