डडेल्धुराका ८९३ उम्मेदवार कारबाहीमा

डडेल्धुरा – बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने र ढिलागरी निर्वाचन आयोगमा बुझाउने डडेल्धुराका ८ सय ९३ उम्मेदवारहरु कारवाहीमा परेका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान भएपनि ढिलो गरी खर्च विवरण बुझाएका र हालसम्म पनि नबुझाएका जनप्रतिनिधि र उम्मेदवार कारबाहीमा परेको निर्वाचन आयोगले आफ्नो वेबसाइट मार्फत सार्बजनिक गरेको हो ।

आयोगले विवरण बुझाउन पटक–पटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि कानुन बमोजिम निर्णय लिएको जनाएको छ । पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने कानूनी व्यवस्था छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार