आजदेखि इभी एक्स्पो : यी हुन प्रदर्शन विद्युतीय सवारी साधन

नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालले आजदेखि ‘नाडा इभी एक्स्पो २०२२’ आयोजना गर्दैछ। नाडाले असोज ६ गतेदेखि ९ गतेसम्म उक्त एक्स्पो आयोजना गर्ने भएको हो ।

असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी “सिएट द्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२”आयोजना गरिने भएको हो ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने यूएसआइडी क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने भएको छ ।

एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने छ ।

चार पांग्रेः
१. टाटा मोटर्स
२. हुन्डाई
३. टेस्ला
४. नेटा
५. बिवाइडी
६. चांगन
दुई पांग्रेः
१. लेभ्निङ
२. नियो
३. याडिया
४. जिओ
५. ओला
६. सुपर सोको
७. हिरो इलेक्ट्रिक
८. दुहान/मिकु
९. जोय
१०. सेगवे
११. आइमा
१२. टेल-जी
१३. टिबिए
१४. प्योर
१५. लेक्ट्रो
१६. रेमोटर्स
तीन पांग्रेः
१. ट्रियो

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार