राष्ट्रपतिको राजीनामा माग्दै विराटनगरमा प्रर्दशन

विराटनगर – नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन भएको छ।

जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिले आज (बुधबार) राष्ट्रपति भण्डारीको राजीनामा माग्दै प्रदर्शनीमा उत्रिएका हुन्।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि यतिवेला देशैभर आलोचना भइरहेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार