दोष राष्ट्रपतिलाई मात्रै दिन मिल्दैन : रास्वपा

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ।

प्रवक्ता तथा महामन्त्री डा।मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद र राजनीतिक दलहरुले बोक्नुपर्ने बताएका हुन्।

नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफललाई अर्थहीन बनाएर नयाँ विधेयक ल्याउनु नै गल्तीको सुरुवात भएको पार्टीको निष्कर्ष छ।

‘विधेयक राष्ट्रहितमा थिएन तर ५ वर्षसम्म नागरिकताजस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेण्डाका रुपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार