‘प्रेमगीत ३’ को विवादबारे स्पष्टिकरण लिन मन्त्रालयले भुवन केसीलाई बोलायो

काठमाडौं – ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय थप विवादित बनेको छ ।

यो निर्णयबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवन्तक पोखरेलले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे छलफलका लागि केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।

चलचित्र विकास बोर्डले बुधबार दिउँसो ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार