राष्ट्रपतिलाई संविधानभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

काठमाडौं । नागरिकता विधेयक प्रमाणित नगरेपछि चर्को विरोध भैरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् ।

बुधवार वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको जनाए ।

संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार