काठमाडौंमा राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ। सदनबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाल कमर्स क्याम्पस अगाडि मिनभवन बानेश्वरमा आन्दोलन गरेको हो।

राष्ट्रपतिले संविधान भन्दा बाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै चौतर्फि आलोचना भइरहेको छ। यता, नेकपा (एमाले) निकट युवाहरुको संगठन युवा संघ नेपालले भने राष्ट्रपति भण्डारीको समर्थनमा प्रदर्शन गरेको थियो।

नेपालको संविधानको धारा ११३ बमोजिम दोस्रो पटक संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दोस्रो पटक गत भदौ २० गते सोमबार पठाएको थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार