कक्षा ११ मा विज्ञान पढ्न उत्कृष्ट ग्रेड नचाहिने

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा–११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्।

‘पहिला एसइई दिएका विद्यार्थीले यति चाहिँ जिपिए नल्याएकाले विज्ञान पढ्न नपाउने भनिएको थियो,हामीले विज्ञहरुसँग गम्भीर समीक्षा गर्‍यौँ,एसइईपछि कक्षा ११ मा राम्रै गर्छु भन्नेलाई किन रोक्नु, जब कि विद्यालय शिक्षा कक्षा–१२ सम्म तोकिएको छ, न्यूनतम अरू विषय पढ्न पाउनेसरह नै विज्ञान पनि पढ्न पाउने गरी अस्ति सच्याएका छौँ,’उनले भने।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार