राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने गठबन्धनका तयारी

'कानुनविद्लाई बालुवाटार बोलाइयो'

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको बुझिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार