राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमले निर्वाचन विधोल्नसक्ने बताए हुन् ।

संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’

यसअघि विभिन्न संविधानविद्‍हरूसहित राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् ।

यसअघि संविधानविद्‍हरूसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् । राष्ट्रपति भण्डारीले संसद्‍बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार