ललितपुरको धोबीघाटमा आगलागी, तीन जना घाइते

ललितपुर महानगरपालिका वडा नं ३ को धोबीघाटमा रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी कारखानामा बुधबार दिउँसो एक्कासी आगलागी भएको हो । आगलागीमा परि ३ जना घाइते भएका छन् ।

घाइतेको अनुहार जलेको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

ललितपुर प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन् ।

आगो अझै निन्त्रणमा आएको छैन् । ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार