राष्ट्रपतिको कदमबारे गठबन्धनले वक्तव्य जारी गर्दै

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भण्डारीको कदमका विषयमा छलफल भएको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको बताए ।गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् । राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तातिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार