राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नगरेर व्यवस्थामाथि प्रहार गर्ने काम भयो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम गरेको बताएका छन् ।

पौडेलले सामाजिक संजाल मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन् ।

पौडेलले संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट भएको र त्यो व्यवस्था माथिको प्रहार भएको बताएका छन् ।

‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको प्रमाणिकरण गर्न संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ।’, उनले भनेका छन् ‘ बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’

बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएकोमा आक्रोष पोखेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार