अध्यापनमा सुधार ल्याउन सरकारले काम गर्दै छ : शिक्षा मन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यापनमा सुधार ल्याउन शिक्षक महासंघसँग निरन्तर संवाद गरिरहेको बताएका छन्। उनले मंगलबार पत्रकार सम्मेलन गरी अध्यापनसँगै भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता राखेको बताएका हुन्।

उनले १३ हजार विद्यालयको भौतिक संरचना निर्माण गरिसकेको र बाँकी अबको ३ वर्षभित्र निर्माण गरिसक्ने दाबी गरे।

‘हामी शिक्षण सिकाइको अनुरुप काम गरिरहेका छौँ, लक्ष्य भनेको शिक्षण सिकाइ सुधार गर्ने हो। शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षक महासंघसँग छलफल गरिरहेका छौँ, जागिरको रुपमा होइन सुधारका रुपमा शिक्षकहरू अघि बढ्नुपर्छ,’ उनले भने।

उनले शैक्षिक क्यालेन्डर लागू गर्ने, दरबन्दी मिलान, संघीय शिक्षा ऐन छलफलबाट पारित गर्नेलगायत काम मन्त्रालयले गरिरहेको बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार