एमाले अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्यसहित ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन्।

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम सकिए लगत्तै ओली मंगलबार लाँकुरी भञ्ज्याङ पुगेका हुन्।

उनको सचिवालयले सार्वजनिक गरेको भिडियोमा ओलीले भनेका छन्, ‘मैले अचानक नै सोचेको हुँ, आज धेरै सिरियस काम रहेन। सिरियस काम नरहेका बेला फेरि अर्को प्रकृतिको सिरियस काम गरिहालौँ।’ केही सोच्ने कुरा, चिन्तन मनन गर्ने कुरा, स्वच्छ वातावरण प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजनाहरु बनाउँ । केही रणनीतिहरु तय गरौं भनेर आएको हुँ।’

कहिले कहिले फुर्सद निकाल्नुपर्ने भन्दै उनले चाह्यो भने समय निकाल्न सकिने बताए । उनले आफूले काठमाडौं वरीपरीका डाँडाहरू घुमिसकेको पनि बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार