तनहुँ १ रामचन्द्र पौडेलका लागि छाडिदिए : कृष्णकुमार श्रेष्ठ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडिदिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र १ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र छाड्न सहमत भएको बताएका हुन्।

उनले गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छाड्नु परेको बताए। आफू बारा क्षेत्र ४ बाट उम्मेदवार बन्ने पनि उनले बताए। नेता श्रेष्ठले तनहुँ क्षेत्र १ का जनताले आफूलाई नै खोजेको भए पनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नका लागि सो क्षेत्र छाड्न तयार भएको स्पष्ट पारे।

‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा ९एकीकृत समाजवादी० पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने। जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई‚’ उनले भने, ‘अब उहाँलाई नै छाडेर शायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेश प्रदेशको बारा क्षेत्र नम्बर ४ मा चुनाव लड्नुपर्ला कि भनेर आदरणीय गठबन्धनका नेताहरूले भन्नुभएको छ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार