प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति निवासमा

नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह गर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरु केहीबेर अघि शितलनिवास पुगेको स्रोतले जनाएको छ। संघीय संसदका दुवै सदनबाट पास भएर गएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी छैनन्।

दोस्रो पटक पारित भएर आएपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संघीय संसद सचिवालयले भदौ २० गते राष्ट्रपति कार्यालयमा विधेयक प्रमाणीकरणका लागि दर्ता गराएको थियो । यो हिसाबले आज १५ दिन पुगेको संसद सचिवालयको हिसाब छ। तर राष्ट्रपतिका सल्लाहकार टीका ढकाल भने विधेयक दर्ता भएको १५ दिन नपुगेको बताए।

उनका अनुसार भोलि राष्ट्रपतिको कार्यालयले नागरिक विधेयक प्रमाणीकरण बारेको सूचना दिनेछ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार