माओवादी केन्द्रको पदाधिकारी बैठक दुई बजे बस्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।

समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको नेता हरिबोल गजुरेलले टिभी अन्नपूर्णलाई जानकारी दिए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।

समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार