६ जना बैंकर विभूषित : ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संविधान दिवसका अवसरमा ६ जना बैंकर विभूषित भएका छन् । नबिल बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ तथा बैंकर्स संघका उपाध्यक्ष सुनील केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ ।

यस्तै विभूषित हुने बैंकरहरुमा मनिराम पोख्रेल, दिनेश थकाली, रुकमिणाकुमारी ज्ञवाली र शिक्षा भट्टचन छन्।

यसैगरी राष्ट्र यशोवर्द्धक अलंकारबाट दिनेश थकाली, मनिराम पोख्रेल र रुकमिणाकुमारी ज्ञवाली विभूषित भएका छन् । थकाली प्रभु क्यापिटलका सीईओ हुन्। पोखरेल भने प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् ।

बैंकर शिक्षा भट्टचन भने विकास रत्न पदकबाट सम्मानित भएकी छन् । केसी एनएमबि बैंकका सीईओ हुन् । उनी एनबीएमा उपाध्यक्ष छन्।

यसैगरी राष्ट्र यशोवर्द्धक अलंकारबाट दिनेश थकाली, मनिराम पोख्रेल र रुकमिणाकुमारी ज्ञवाली विभूषित हुँदैछन् । थकाली प्रभु क्यापिटलका सीईओ हुन्।

बैंकर शिक्षा भट्टचन भने विकास रत्न पदकबाट सम्मानि हुँदैछिन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार