जबरा सर्वोच्चमा फर्कने सम्भावना सकियो : चण्डेश्वर श्रेष्ठ

काठमाडौं – नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भइरहेका वेला आइतबार सर्वोच्च अदालतको मूल गेटमा पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले उक्त महाभियोगको टुंगो नलगाएसम्म महाभियुक्तको रूपमा रहेका जबरा काममा फर्कन नमिल्ने बताएका हुन्।

महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दाबी गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार