सरकारले नजरबन्दमा राखेको जबराको आरोप

'महाअभियोगको प्रस्ताव निष्क्रिय भइसकेको दाबी'

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू अहिले सरकारले नजरबन्दमा राखेको बताएका छन् ।संसद्‌को महाभियोग सिफारिस समितिले उनीविरुद्ध महाभियोग लगाउने सिफारिस गरेको भोलिपल्ट उनले आफू सर्वोच्चमा उपस्थित हुने बताएका थिए ।

उनलाई रोक्न सरकारले उनको निवास र सर्वोच्च अदालतमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएको र संविधानमा महाअभियोग अर्को प्रतिनिधिसभामा सर्ने व्यवस्था नभएको जबराको दाबी छ ।

उनले शनिवार मध्यरातबाट प्रतिनिधिसभाको आयु सकिएकाले संवैधानिक प्रक्रियाअनुसार सबै प्रस्ताव निष्क्रिय भएको दाबी गरेका छन्।

‘सबै प्रस्ताव निष्क्रिय हुने र त्यसभित्रै महाभियोगको प्रस्ताव पनि पर्ने भएकाले म आजदेखि आउँछु भनेर प्रशासनलाई खबर गरेको थिए । जानलाई तयार भएको बेला गृह प्रशासनले प्रधानन्यायाशीशलाई बाहिर निस्किन नदिनू भनेर मेरो गेटैमा ल्याएर प्रहरीहरू राखिदिएको छ। त्यसले गर्दा अहिले मेरो अवस्था नजरबन्दको हो।’ उनले भने ।

उनले आफूलाई नजरबन्दमा राख्ने व्यवहार गैरकानुनी हो, गैरसंवैधानिक भएको बताएका छन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार