आकाशमा नै दुई वटा विमान ठोक्किएर दुर्घटना

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ। बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ।

एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए। युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार