जबरा सर्वोच्च आउने भएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा

निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत जाने भएपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किएर नियमित कामकाज गर्न खोजेमा के गर्ने भनेर न्यायाधीशहरू आन्तरिक छलफलमा व्यस्त छन् ।

न्यायाधीशहरू जबरासँग बेञ्च सेयर नगर्ने विषयमा एकमत भए पनि फेरि पनि सबै न्यायाधीशले बेञ्च बहिष्कार गर्ने कि उनीबाहेकको बेञ्चमा बस्ने भन्नेबारे छलफल भइरहेको छ ।

एक न्यायाधीशले भने, ‘अब के गर्ने भनेर हामी आन्तरिक छलफलमै छौँ । बेञ्च सेयर नगर्ने कुरामा अहिले पनि हामी स्पष्ट नै छौँ । अब उनीसँग बेञ्च सेयर मात्रै नगर्ने कि उनले गर्ने अन्य प्रशासनिक काममा पनि सहभागी नहुने र उहाँको उपस्थिति अस्वीकार गर्ने भन्ने विषयमा छलफलमा छौँ । सायद उहाँ बेञ्चमा त आउनुहुन्न होला । अन्य प्रशासनिक कामका सम्बन्धमा के गर्ने भन्ने विषयमा हामी छलफलमा छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार