सबै गतिविधि निर्वाचनमा केन्द्रित गर्न एमाले लमजुङको आग्रह

नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो ।

बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको  छ । जसमा बेसीशहरको  ७ असोजमा, ८ असाेजमा सुन्दरबजारकाे, मध्यनेपालकाे ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।

बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको  छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार