तनहुँमा जीप दुर्घटना, चालकको मृत्यु

काठमाडौं – तनहुँको भिमाद नगरपालिका ५ मिछलुङ मडुवामा गएराति जिप अनियन्त्रित भई सडकबाट खस्दा चालकको मृत्यु भएको छ।

स्याङ्जाको हरिनास गाउँपालिका ५ का अन्दाजी ४२ वर्षीय केशबहादुर थापाको मृत्यु भएको हो। जिपका रहेका तनहुकै ऋषिङ गाउँपालिका ३ का २६ वर्षीय विकास परियारको अवस्था भने सामान्य छ।

ऋषिङबाट भिमाद आउँदै गरेको ग ३ च २१२९ नम्बरको जिप गएराति पौने ११ बजे अनियन्त्रित भई २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ।

यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरेमा शनिबार कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ४ जना घाइते भएका छन।

काठमाडौंबाट चौतारा जाँदै गरेको बा ४ च ५६७७ नम्बरको कार बिहान ७ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।

घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरी चौकी वनदेउ सिन्धुपाल्चोकले जनाएको छ। घाइते मध्ये कारमा सवार दोलखाको भीमेश्वर नगरपालिका २ का २२ वर्षीय राजेश तामाङको अवस्था भने गम्भीर छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार