महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ – महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए ।

उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए ।जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार