प्रतिनिधि सभा बैठक बस्दै, आज रातिबाट अधिवेशनकाे अन्त्य हुने

'भोज खुवाएर सांसदहरुको विदाई गरिने'

काठमाडौँ – प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउसो एक बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार