किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ ।

हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविराममा सहमति जनाएका थिए । दुवै पक्षले हिंसा सुरु गरेको र युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । किर्गिजस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
हिंसाबाट बच्न झण्डै २० हजार मानिस आफ्नो घर छोडेर भागेका रेड क्रसको क्षेत्रीय शाखाले रिपोर्ट गरेको छ । गत वर्ष दुई देशबीच सीमामा भएको झडपमा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार