टुकुचा अतिक्रमण गरि बनाएका भवन भत्काउने महानगरको तयारी

काठमाडौँ – टुकुचा खोला मिचेर बनाइएका अवैध संरचनाको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका भवनहरु भत्किाइने भएका छन् ।

काठमाडौं महानगरपालिकाका चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका अवैध संरचना भत्काउने बताएको छ ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गरेको छ । बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदन हेर्ने हो भने टुकुचा खोलाको दारूण अवस्था छर्लंग हुन्छ।

टुकुचा खोला करिडोर बनाउने महानगरको योजना छ । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ ।

महानगरले शनिवारदेखि फेरि हात्तीसारक्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ । हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरुपमा भत्कने छन् । त्यस क्षेत्रका केही टहरा र खोलाको सेटब्याक मिचेर बनाइएका घरका केही भूभाग पनि भत्काउने तयारी गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार