गुल्मीमा डेंगुको संक्रमण बढ्दै

गुल्मी – जिल्लामा पछिल्लो दुई महिनामा २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार