आरोहणका लागि ५० मुलुकका ३६४ जनाले लिए अनुमति

काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् ।हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।

पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार ३६ समूहका आरोहीले अनुमति पाएका छन् । अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् ।

पछिल्लो समय आरोहणको अनुमति लिनेको संख्याको आधारमा यो वर्ष अघिल्लो सिजनमा बढी पर्यटक हिमाल चढ्ने अनुमान गरिएको छ । आरोहीहरू आरोहण नभएका हिमालतर्फ पनि बढी आकर्षित हुन थालेको विभागको भनाई छ । यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख रुपियाँ राजस्व प्राप्त भएको छ । कोरोना संक्रमणपछि आरोहणतर्फ पर्यटकको चासो बढेको देखिएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार