युवा अवस्थामै क्यान्सर हुनेको संख्या बढ्दै, कारण के ?

विश्वभर क्यान्सरका बिरामी बढीरहेका छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले ५ वर्षमा देशमा क्यान्सरका बिरामी १२ प्रतिशतको दरले बढ्ने अनुमान गरे पनि कम उमेरमा क्यान्सरको सिकार बन्नु सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।

नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार व्यक्तिको जीवनशैली नै कम उमेरमा क्यान्सर हुने सबैभन्दा ठूलो कारण हो। ग्लोबल क्यान्सर अब्जर्भेटरीको तथ्यांक अनुसार, स्तन, प्रोस्टेट र थाइराइड क्यान्सर ५० वर्षको उमेरअघि धेरै देखिन थालेको छ।

कारण के हो त

फास्ट फूड कल्चर
हाल विश्वका सबै देशका नागरिकले परम्परागत खाना छाडेर फास्टफुड खाने बानी अपनाएका छन्। जसका कारण क्यान्सरका बिरामी बढ्दै गएका छन् । धेरै भुटेको र पुरानो वा बारम्बार तताइएको तेलमा बनाइएका चीजहरूले क्यान्सर निम्त्याउँछ। प्लाष्टिकको प्लेटमा खाने र मासु धेरै खाँदा पनि क्यान्सरको खतरा बढ्छ।

मोटोपन
मोटोपन आफैंमा एउटा रोग हो, जसले धेरै रोगलाई निम्तो दिइरहेको छ। त्यसमध्ये क्यान्सर पनि एक हो। विश्वका विकसित देशहरूमा मोटोपनको समस्या बढ्दै गएको छ। अमेरिका मोटोपनाबाट सबैभन्दा बढी त्रसित छ। अमेरिकामा विश्वमै सबैभन्दा धेरै क्यान्सर रोगी छन्। तसर्थ तौल सन्तुलनमा राख्नु जरुरी छ।

धूम्रपान
धूम्रपान, लागूपदार्थको लत, विशेष गरी सुर्तीजन्य पदार्थको लत सबैभन्दा ठूलो कारण हो। मुखको क्यान्सरका धेरैजसो केसहरू सुर्तीको अत्याधिक प्रयोगले हुने गर्दछ। भारतमा कुनै पनि प्रकारको क्यान्सरबाट पीडित १० मध्ये ७ बिरामीको मृत्यु हुन्छ। सानै उमेरदेखि रक्सी पिउन थालेकामा पनि क्यान्सर बढी देखिन्छ।

शारीरिक गतिविधिको कमी
नेचर जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार तनावपूर्ण जीवनशैली, जसमा धेरै दौडधुप छ तर व्यायाम, योग, खेलकुद जस्ता कुराको लागि समय छैन, यसले हामीमा क्यान्स रोग निम्तिन सक्छ। लगातार रातिको सिफ्टमा काम गर्ने व्यक्तिहरूलाई क्यान्सरको जोखिम बढ्छ। ३५ वर्षको उमेरसम्म शिशुलाई स्तनपान नगर्ने महिलामा पनि सानै उमेरमा स्तन क्यान्सर हुने जोखिम बढेको थियो। चिसो पेय पदार्थ र अन्य पेय पदार्थ, जसमा सोडा र चिनी बढी मिसाइन्छ, यसले क्यान्सरको जोखिम बढाउँछ।

यस्तै माइक्रोबायोम (भाइरस, ब्याक्टेरिया र फङ्गस) क्यान्सरको कारण हो वा होइन भन्ने विषयमा लामो समयदेखि बहस भइरहेको छ, तर नयाँ अनुसन्धानले हेपाटाइटिस र एचपीभी जस्ता भाइरसको संक्रमणले क्यान्सर निम्त्याउन सक्छ भन्ने कुरा पहिचान गर्न थालेको छ। क्यान्सरको इतिहास भएका परिवारहरूलाई कम उमेरमा क्यान्सरको उच्च जोखिम हुन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार