भुटानविरुद्ध फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा

काठमाडौँ – महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले फाइनलमा स्थान बनाएको छ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सविना खातुनको ह्याट्रिकमा भुटानविरुद्ध ८–० को नतिजा निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियनसिपमा फाइनलमा पुग्न सफल भएको थियो।

शुरुवातबाटै भुटानविरुद्ध आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो। बंगलादेशको जितमा सविना खातुनले ३ गोल गर्दा जहान सोप्ना, कृष्णारानी सरकार, रितुपर्णा र मसुरा प्रभिना र टौरा खातुनले समान १–१ गोल गरेका थिए।

सविना जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेकी थिइन्। उनले प्रतियोगितामा ८ गोल गरिसकेकी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार