प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रह्यो : ओली

'सांसदलाई विदाई गर्दै ओलीले दिए चुनावमा खटिन निर्देशन'

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गरेका छन् ।

संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिएका छन् । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उनले बताए ।

प्रतिनिधि सभाको कार्यकाल भोलि शनिवार राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन पनि दिए । मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार