अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल

धनगढी – अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल भएको बताएका हुन् ।

२०औं सत्याग्रहमा बसेका केसीले सोमबारदेखि सत्याग्रह थालेका थिए। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडिने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार