चोलेन्द्रलाई प्रतिप्रश्न सोध्ने कार्यक्रम स्थगित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ ।

जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोही अनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।

अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार