जबरालाई पूरक प्रश्न नगरेर थप प्रमाणहरु संकलन गर्न एमालेको प्रस्ताव

'आज प्रतिवेदन तयार गरेर भोलि संसदमा पेश गर्ने समितिको तयारी'

काठमाडौं । नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् ।

सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा छन् ।

तर महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार