साउनमै शोधनान्तर घाटा २२ अर्ब ६३ करोड

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो महिना (साउन) मा चालु खाता १६ अर्ब २६ करोडले घाटामा घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

यस्तै चालु आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो ।   अघिल्लो आर्थिक वर्ष २०७८–७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो ।

मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थित साउनमै घाटामा गएको हो।

यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेका राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४८ करोड ६ लाख रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार