विपक्षी गठबन्धनका नेताबीच सिंहदरबारमा छलफल जारी

प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेबाट निष्कासित माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायतका नेताहरूको बैठक जारी छ ।

विपक्षी ५ दलका सांसदले सोमबार सर्वोच्चमा रिट दिएका थिए । देउवासहित १४६ सांसदले प्रतिनिधि सभा विघटनविरूद्ध रिट दिएका थिए ।

अब कसरी अगाडि बढ्ने भन्नेबारे अहिले विपक्षी दलहरू छलफलमा जुटेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार