कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ – हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २२७१ कायम भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार