मधेश प्रदेशविरुद्ध आर्मीको सानदार जित

काठमाडौं – काठमाडौंमा जारी नवौँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। मधेश प्रदेशविरुद्ध सोमबार टियू मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले ६ विकेटको जित हासिल गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रन बनाउँदा रोहित पौडेलले २५ रन तथा अर्जुन साउदले १७ रन जोडेका थिए। त्यस्तै राजेश पुलामी १६ रनमा नटआउट रहे।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मधेशका लागि ओपनर सन्तोष कार्कीले २१ रन बनाउँदा कप्तान हसिम अन्सारीले २० रन बनाएका थिए। उसका लागि रोहन बिके १७ रनमा अविजित फर्किए। नसरुदिन अन्सारी १२ रनमा आउट भएका थिए। आर्मीका लागि सोमपाल कामी र शुषान भारीले समान २/२ विकेट लिएका थिए।

मूलपानी मैदानमा हुने तय भएको प्रदेश १ र एनआरएनएबीचको खेल भने रद्द भएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार