सेयर बजार आज पनि राताम्मे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जमा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो ।

पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । हिजो आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा आज ८३ करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यसबाहेक १२ वटा समूह राताम्मे बनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार