नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाण्डौमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले परापूर्वकालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्त्वलाई उजागर गर्न आवश्यक रहेको बताईन् । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरूलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली ज्ञानभूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै काम गर्न बाँकी छ । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरूलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्ने छ । नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नुपर्छ ।’

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तरपुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार